विश्वभर काेराेना संक्रमितकाे संख्या ५४ लाख नघ्याे, २२ लाख ४७ हजार निकाे भए


काठमाडाैं, ११ जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ संक्रमित हुनेकाे संख्या ५४ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका विश्वभर आइतबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५४ लाख १ हजार २२२ पुगेकाे छ ।
कुल सङ्क्रमितमध्ये २२ लाख ४७ हजार ११० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ६ गुणा बढी हाे । अहिलेसम्म विश्वभर काेराेनाका कारण ३ लाख ४३ हजार ७९९ ले ज्यान गुमाएका छन् ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर झण्डै एक लाख काेराेना संक्रमित थपिएका छन् शनिबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५३ लाख ३ हजार ३९३ थियाे । अहिले विश्वभर २८ लाख १० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने ४४ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९८ हजार ६८३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १६ लाख ६६ हजार ८२८ पुगेकाे छ । संक्रमितमध्ये ४ लाख ५६ हजार भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ४१ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजारकाे अवस्था गम्भीर रहेको छ ।
ब्राजिलले अमेरिकालाई पछ्याइरहेकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३ लाख ४७ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या २२ हजार १३ पुगेकाे छ । अहिले त्यहाँ १ लाख ८२ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म रूसमा ३ लाख ३५ हजार मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ३ हजार ३३८ पुगेकाे छ । कुल संक्रमितमध्ये १ लाख ७ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख २४ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ८२ हजार पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २८ हजार ६७८ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५६ हजारमा कोरोना सक्रिय रहेको छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३६ हजार ८७५ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ५७ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ ।
काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३२ हजार ७३५ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २९ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये १ लाख ३८ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ५७ हजारमा काेराेना सक्रिय रहेकाे छ ।
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८२ हजार पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार ३३२ पुगेको छ । संक्रिमतमध्ये ६४ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ८९ हजारमा काेरोना संक्रिय रहेको छ ।
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७९ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार ३३६ पुगेको छ । अहिले त्यहाँ १२ हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५९ हजार भने पूर्णरुपमा निको भइसकेका छन् ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ५५ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार ३०८ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख १७ हजारभने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३४ हजारमा काेराेना सक्रिय रहेकाे छ ।
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ३५९ सय पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ३३ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ४ हजार निकाे भएका छन् ।
छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख ३१ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३ हजार ८६८ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ५४ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ७३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
पेरूमा पनि काेराेना संक्रमितकाे संख्या १ लाख १५ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण ३ हजार ३७३ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ४७ हजार बढी पूर्णरूपमा निकाे भएका छन् ।
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ७९ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २६१ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९७४ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता