कोरोना भाइरसलाई जितेर नारायणी अस्पताल बीरगञ्जबाट ९ जना भए डिस्चार्ज


वीरगञ्ज, १० जेठ । नारायणी अस्पतालमा उपचारार्थ कोरोना संक्रमित मध्ये ९ जना निको भएर शनिबार डिस्चार्ज भएका छन् ।
प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण पुष्टि भई नारायणी अस्पतालमा उपचार गराई रहेका पर्सा र रौतहटका तीन तीन जना, बाराका २ जना तथा एक जना भारतीय नागरिक डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। मदन कुमार उपाध्यायले जानकारी दिनु भयो ।
उनीहरुको रिपोर्ट २ पटक नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा। उपाध्यायको भनाइ छ ।
शनिबार डिस्चार्ज भएका रौतहटका तीन जना मध्ये एक जना वैशाख १६ गते नै कोरोना निको भई डिस्चार्ज भएर घर फर्किसकेकोमा त्यहाँ गरिएको पुनः परीक्षणमा रिपोर्ट शंकास्पद देखिएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याइएको थियो ।
यसरी नै डिस्चार्ज भएका भारतका एक व्यक्ति वीरगन्जमा पहिलो पटक भेटिएका ३ जना जमातीमध्येका एक हुन् । उनलाई पनि वैशाख १६ गते नै कोरोना निको भएर डिस्चार्ज गरिएको थियो तर पुनः परीक्षणमा रिपोर्ट शंकास्पद देखिएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याइएको थियो ।
मेसु डा उपाध्यायका अनुसार डिस्चार्ज हुनेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २,३, १६ का क्रमश ३०, ५०, ५१ बर्षका पुरुष, बाराको सिम्रौनगढ ४ का ३१ बर्षीय पुरुष, जितपुर सिमरा १ का ४३ बर्षीय पुरुष, रौतहट गुजरा नगरपालिका ५ का ३५ बर्र्षीय पुरुष, इशनाथ नगरपालिकाका १९ बर्षीय पुरुष, बृन्दावन नगरपालिकाका २४ बर्षीय पुरुष र एक ४२ बर्षीय भारतीय पुरुष रहेका छन् ।
नारायणी अस्पतालको आइसोलेसनमा उपचारत ७१ जना मध्ये ९ जनाको लगातार २ पटकको पीसीसआर रिपोर्ट नगेटिभ आएपछि डिस्चार्ज गरिएको मे।सु डा उपाध्यायले जानकारी गराउनु भयो ।
यसैबीच नारायणी अस्पताल वीरगञ्जको आइसोलेसन मै उपचारत वीरगञ्जका २ जना पत्रकारको पहिलो पीसीआर रिपोर्ट नगेटिभ आएको छ । दुबै पत्रकारको फेरि ३ दिनपछि पीसीआर परीक्षण गरिने र दोस्रो पटक पनि रिपोर्ट नगेटिभ आए डिस्चार्ज गरिने नारायणीका मे।सु डा उपाध्यायले बताउनुभयो ।
नारायणी अस्पतालमा उपचार गराई रहेका ७१ जना कोरोना संक्रमित मध्ये ९ जना डिस्चार्ज भएका छन् भने बाँकी ६२ जनाको नारायणी अस्पतालमै उपचार भइरहेका छ ।
यसैगरी अन्य २५ जना कोरोना संक्रमित वीरगञ्जको गण्डक स्थित रहेको गण्डक अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता