सवारी पास रद्द भएपछि झापामै रोकिन बाध्य पूर्वराजा शाह


काठमाडौैं, ०२ जेठ । मुलुकमा जारी बन्दाबन्दीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह झपामै रोकिनुभएको छ । बन्दाबन्दी जारी हुनुअघि नै पत्नी कोमल शाह तथा परिवारका केही सदस्यसहित दमकमा पुग्नुभएका पूर्व राजा शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले पास नदिएपछि त्यही रोकिनुभएकाे हाे ।
यसअघि बन्दाबन्दीका बीचमा पनि सवारी पास दिइने गरे पनि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तीव्ररुपमा कोरोना संक्रमित बढेछि वितरण गरिएका सबै सवारी पास पनि रद्द गरिएपछि उहाँ झापामै रोकिनुभएको हो ।
उहाँले काठमाडौं फर्किन सवारी पास लिएको भए पनि गृहको निर्देशनमा स्थानीय प्रशासनले रद्द गरेको हो । उहाँ आज शुक्रबार काठमाडौं फर्किने तयारीमा हुनुहुन्थ्यो ।
अब गृहले आदेश दिएमा र जिल्ला प्रशासन कार्यालय झापाले विशेष पास दिएमा मात्र उहाँ तत्काल काठमाडौं आउन सक्ने सम्भावना छ । पूर्वराजा शाह दमकस्थित आफ्नो स्वामित्वमा रहेको हिमालय टी गार्डेनमा प्राय: जाने-आउने गर्नुहुन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता