चार दिनअघि मृत्यु भएका एक ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि, वडा सिल गरियाे



कालिकोट, २४ जेठ । डोल्पाको जगदुल्ला गाउँपालिका- ३ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएकाे ४ दिनपछि कोरोना संक्रमण पोजेटिभ रहेकाे पुष्टि भएको छ ।
जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी दमका रोगी भएकाले होम आइसोलेसनमा बस्न भनिएको थियाे । होम आइसोलेसनमा भएकै बेला उनको जेठ २० गते मृत्यु भयो ।
file photo
मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबारको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।
सुरक्षाका उपाय अपनाई उनको दाहसंस्कार गरिएकाे थियाे । तापनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । अहिले गाँउपालिकाका सबै नाका र वडा नं. ३ सिल गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयो ।
उनीसँगै अन्य १२ जना नागरिक पनि जगदुल्लामा आएका थिए । उनीहरु हाल क्वारेन्टाइनमा छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । अहिलेसम्म मृत्यु भएका ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता