‘युवा जति खाडीमा, पैसा सारा गाडीमा’ नारा लाउँदै विराटनगरका युवा उत्रिए सडकमा


विराटनगर, १ असार । विराटनगरका स्थानीय युवाहरुले सरकारलाई खवरदारी गर्दै शान्तिपूण र्याली निकालेका छन् । ¥याली विराटनगर महानगरपालिकाको विभिन्न भागमा परिक्रमा पछि स्थानीय सभागृहमा गएर समापन भएको थियो ।
उनीहरुले सरकारको विरोध नगरेको र सरकारलाई सजग गराएको भन्दै विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर नगरको परिक्रमा गरेका थिए । र्यालीमा ‘युवा देशको नारा हो, जो दुःख बुझ्छन् साराको, पारदर्शिता कागजमा मात्र सीमित तर खै त व्यवहारमा’ जस्ता नाराहरु लगाएका थिए ।
यसै गरी उनीहरुले ‘कर त कर हो करलाई कर नगर , युवा तिम्रो नाराले सभ्य राज्य पायो साराले , फोहोर राजनीतिक कहिले सम्म, असुरक्षित क्वारेन्टाइन कोरोनाको स्वर्ग हो , सारा युवा जति खाडीमा पैसा सारा गाडीमा , भष्टाचार गर्न पाइदैन जस्ता नारा लेखेका प्लेकार्ड बोकेर समाजिक दुरी कायम गरी ¥याली निकालेका थिए ।
कोरोना महामारी नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको र सरकारले गरेको पारदर्शिता कागजमा मात्र सीमित रहेको भन्दै शान्तिपूर्ण जुलुस प्रदर्शन गरेका छन् ।
उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको समयमा पीसीआर टेष्ट नगरेका कारण उनीहरुमा संक्रमण पैmलिदै गएको र सरकारले आरडीटी टेष्ट गरेर टार्ने गरेको भन्दै विरोध गरेका थिए ।
सामाजिक सञ्जाल मार्फत भेला भएका युवाहरुले विराटनरको तिनपैनी चोक , महानगरपालिका जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन गर्दै हिडेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता