पहिरोले पाइप वगाउँदा माङसेबुङमा खानेपानीको चरण अभाब

इलाम, १ असारः इलामको माङसेबुङ गाउँपालिका २ ईभाङ स्थित युनिसेफ र सुनगाभा खानेपानी योजना पहिरोले बगाउदा खानेपानीको चरण अभाब सृजना भएको छ।
माङसेबुङ गाउँपालिका कायालय समेत रहेको सो स्थानमा ७दिनदेखि पानी बन्द हुदा दैनिक जीवनमा असर पर्नु का  साथै आकासे पानीको भरमा खाना वनाउन लगायतका कामहरू गर्न बाध्य रहेको गाउँ पालिकामा कायरत कर्मचारीले बताएका छन् ।
पानी अभाब भएसंगै गाउँपालिकामा आउने सेवग्राही को घुइचो लाग्नथाले सँगै उनीहरुले पिउने पानीको समेत अभाव भएको होमा खुलालले बताईन।
 करिब ४सय घरपरिवारले खादैआएको सो योजनाको पाईपहरु पुण रूपमा फुटेको र पुरिएको हुदा मर्मत गर्न समय लागेको सोही योजनाका अध्यक्ष तिलक कार्कीले बताउनुभयो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता