इलामको मंगलबारेमा विष्फोटक पदार्थ विष्फोटनहुँदा एक जना घाइते

सांकेतिक तस्विर
इलाम, १२ असारः इलाम देउमाई नगरपालिकाको मंगलबारेकाे डाँडागाउँमा विष्फोटक पदार्थ विष्फोट हुँदा एकजना घाइने भएका छन् । विहिबार साँझमा  देउमाई नगरपालिका ४ डाँडागाँउ बस्ने दिल बहादुर श्रेष्ठको छोरा बर्ष २५ को मौषम श्रेष्ठले आफ्नै घरमा खेलाउना जस्तो बस्तुदेखेर सो वस्तुलाई के रहेछ भनेर हातमा लिने क्रममा अचानक बिष्फोटन हुदाँ  मौषम श्रेष्ठको दुबै हातको सबै औलाहरुमा चोट लागेको  छ ।  
इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकिशोर साह तेलिको कमाण्डमा खटीएको टोली घटना स्थलमा गई घाइतेलाई उपचारको लागि बि एण्ड सि बिर्तामोड झापा तर्फ पठाएको छ । घटनास्थलमा फलामको टुक्रा, फलाम र कालो रबरको टुक्राहरु यत्रतत्र रुपमा छरपस्ट अबस्थामा रहेको  र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जनकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता