इलामको माङसेवुङमा प्रधानमन्त्री रोजगार कार्यक्रम तीब्र रूपमा चल्दै


  • बालकृष्ण बस्नेत 

इलाम, ११ असारः इलामको माङसेबुङ गाउँपालिकामा यस बर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ९९ जनाले रोजगारी पाएका छन्। कोरोना भाइरसको संक्रमणको त्रास बीच जारी बन्दाबन्दीमा सामाजीक दुरि कायम गरि प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ तेस्रो साताबाट सुरु भएको थियो।
सो कार्यक्रम अन्तर्गत गोरेटो, बाटो, नाली मर्मत तथा सार्बजनिक स्थलमा काम गरिएको हो।बाहीरबाट कामदार नल्याई स्थानीयलाई नै रोजगारी प्रधान गरि विकास निर्माणमा काम गरिएको रोजगार संयोजक दिपेश कुमार दासले जानकारि दिनुभयो।
६ वटै वडाहरुमा तीब्र रुपले कामहरू भईरहेको छ भने केही वडाहरमा अन्तिम चरणमा पुगेका दासले बताउनुभयो।
यो बर्ष ९९जनाले रोजगार पाए बन्दाबन्दीमा रोजगार गुमाएका साथै अति बिपन्नलाई राहात बितरण भन्दा रोजगार कार्यक्रम अन्तरर्गत्त सामजिक दुरी कायाम गरि काम दिने निर्णयअनुसार रोजगारी दिएको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र ईदिङ्गोले बताउनुभयो। गाउँपालिकाले अति बिपन्न तथा परिवार नै बेरोजगार भएकालाई प्रथामिकता दिएको छ।
बन्दाबन्दीमा काम पाउँदा कामदार  हर्षित भएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई प्राप्त १० लाख बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला २५ प्रतिसत निर्माण तथा मझदुर सुरक्षा सामाग्री खर्च गरिने कार्य विधिमा उल्लेख रहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता