थप २१३ जना नयाँ कोरोना संक्रमितहरु थपिए, संक्रमितको संख्या ३,४४८ पुग्यो


काठमाडौं, २५ जेठ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप २१३ जना कोरोना संक्रमितहरु थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।
जसमध्ये २०९ जना पुरुषहरु रहेका छन्, भने बाँकी ४ जना महिलाहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३,४४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका प्रवक्ता डा. देवकोटाले जनाएका छन् । उनका अनुसार १ सय जना पुरुषहरु र २ जना महिला संक्रमितहरु निको भएका हुन् ।
योसँगै नेपालका ४६७ जना संक्रमितहरु निको भइसकेका छन्, जसमध्ये ३९९ जना पुरुष रहेका छन्, भने बाँकी ६८ जना महिला रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता