विश्वभर काेराेना संक्रमितकाे संख्या १ कराेड नाघ्याे, ५ लाख बढीकाे मृत्यु


काठमाडाैं, १४ असार । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या १ कराेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या १ कराेड ७५ हजार १११ पुगेकाे छ ।
पछिल्लाे २४ घण्टाकाे अवधिमा १ लाख ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ४ हजर ५४८ काे मृत्यु भएकाे छ । यससँगै काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ५ लाख ६२६ काे मृत्यु भएकाे छ । यद्यपी सङ्क्रमितमध्ये ५४ लाख ५३ हजार २४७ जनाले भने काेराेना लाई जितेर घर फर्किसकेका छन् ।
अहिले विश्वभर ४१ लाख २१ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५७ हजार ७४८ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।

कुन देशकाे अवस्था कस्ताे ?

अमेरिका
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने २५ लाख ९६ हजार ५३७ पुगेकाे छ ।
संक्रमितमध्ये १० लाख ८० हजार १३६ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १३ लाख ८८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजार ८१६ जनाकाे अवस्था गम्भीर रहेको छ ।
ब्राजिल
अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १३ लाख १५ हजार ९४१ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ५७ हजार १०३ पुगेकाे छ ।
संक्रमितमध्ये ७ लाख १५ हजार ९०५ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ५ लाख ४२ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
रूस
रूस पनि काेराेनाभाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म त्यहाँ ६ लाख २७ हजार ६४६ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ८ हजार ९६९ पुगेकाे छ ।
संक्रमितमध्ये ३ लाख ९३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख २५ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

भारत
छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।
अहिलेसम्म भारतमा ५ लाख २९ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण १६ हजार १०३ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ३ लाख १० हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख बढीमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ९९४ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।
बेलायत
अमेरिका र ब्राजिलपछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ४३ हजार ५१४ पुगेकाे छ । संक्रमितकाे संख्या भने ३ लाख १० हजार नाघेकाे छ ।
स्पेन
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ९५ हजार ५६४ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २८ हजार ३४१ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये २ लाख बढी पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ  ४० हजारमा कोरोना सक्रिय रहेको छ ।
इटाली
काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३४ हजार ७१६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ४० हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये १ लाख ८८ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा १६ हजारमा काेराेना सक्रिय रहेकाे छ भने २९३ काे अवस्था गम्भीर रहेकाे छ ।
चीन
कोरोनाको उद्गम स्थल चीनमा भने अहिलेसम्म काेराेना संक्रमितकाे संख्या ८३ हजार ४८३ पुगेकाे छ । चीनमा अहिलेसम्म ६ हजार ६३४ जनाकाे मृत्यु भएकाे छ । त्यहाँ ७८ हजार ४४ जना भने पूर्णरूपमा निको भइसकेका छन् ।
कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा आएको चीनमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो समय चीनको राजधानी बेइजिङमा सबैभन्दा बढी काेराेनाका संक्रमित भेटिएक छन् । बेइजिङमा संक्रमणको घटना बढेको देखेर अधिकारीहरू चिन्तित भएका छन्
नेपाल
नेपालमा पनि अहिलेसम्म काेराेना संक्रमितकाे संख्या १२ हजार ३ सय ९ पुगेकाे छ । संक्रमितमध्ये २ हजार ८३४ जना पूर्णरूपमा निकाे भएका छन् भने २८ जनाकाे ज्यान गएकाे छ ।
४० देशकाे अवस्था हेर्नुहाेस्
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता