इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिए


इलाम, १३ असारः  इलाममा आज एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । आज आएको रिपोटमा  ओमनबाट आएका ३ जना, साउदी अरवबाट आएका १ जना र भारतबाट आएका  १ जना रहेका छन् । ओमनबाट र साउदी अरवबाट आएर सूर्योदय नगरपालिकाको कन्याममा रहेको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका ३०, २८, ४८ र ३० वर्षिय चारै जना पुरुष रहेका छन् । भारतबाट आएका भने पशुपतिनगरको क्वारेन्टाइनमा रहेका थिए ।   उनीहरु  मध्ये ३ जना  सूर्योदय नगरपालिकाका विभिन्न वडाका स्थायी वासिन्दा हुन भने एक जना इलाम नगरपालिका ८ का स्थायी वासिन्दा हुन । 
 उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिकाका कोरोना फोकल प्रसन विपुल अधिकारीले जनकारी गराए । 
आज थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेका छन् । इलामका पहिलो र दोस्रो संक्रमित  सूर्योदय नगरपालिकाका दुवै  जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता