
इलाम, ३१ जेठः नेपालको भूभाग कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा सहित निशान छाप आज संसदबाट ऐतिहासिक रुपमा पारित भएको यो महान अवसरमा सरकारले गरेको निर्णयको स्वागत गर्दै इलामका युवाको आयोजनामा शनिबार साझ इलाम चोक वजारमा दिप प्रज्वलनको कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, भक्त केसि, नरेन्द्रनाथ भट्टराई , धनमान बराइली, होम दुलाल,इलाम नगरपालिका वडा न. ५ वडा अध्यक्ष ठाकुर नारायण श्रेष्ठ, उधोग बाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालु लगायत विभिन्न संघ संस्था र आम इलामेली उपस्थित रहेको थियो ।