एसियाकै काेराेना महामारी केन्द्र भारतमा एकैदिन २६६ काे मृत्यु, ८ हजार बढी संक्रमित फेला


काठमाडाैं, २७ जेठ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा छैटाैँ स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या हतपत घट्ने देखिन्दैन । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ४४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २६६ जनाकाे मृत्यु भएकाे छ ।
Coronavirus on scientific background
योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या दुई लाख ६५ हजार ९२८ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ७ हजार ४७३ जनाको मृत्यु भइसकेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिले पनि १ लाख २९ हजार ३६०जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ थजनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख २९ हजार ९५ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता