इलाममा क्वारेन्टाइनको सुरक्षामा खटीएका नेपाली सेना सहित एकै पटक ६ जनामा कोरोना संक्रमण

इलाम, १ साउनः  इलाममा एकै दिन छ जनामा कोरोनाको पुष्टि भएको छ । क्वारेन्टाइनमा खटीएका नेपाली सेनाका जवन सहित ६ जनामो आज एकै दिन कोरोना संक्रमण पुष्टी भएको हो ।  कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । 
जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो । कुवेत, कतार, र गृष   एक/एक जना, भारतबाट आएका दुइजना  र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका  एक जना नेपाली सेनाका जवान छन् । पाँच जना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका थिए । उनीहरुको गत २८ गते स्वाब परिक्षणको लागि पठाइएको थियो । नेपाली सेनाका जवन क्वरेन्टाइन छाेडेर वाहिर नगएकाे पनि नेपाली सेनाले जनाएकाे छ ।  कोरोना पुष्टि भएकाहरुलाई मोरङ्गको गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको बरालले  जानकारी दिए ।
इलाममा आज थपिएका ६ जना सहित कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ भने ११ जना उपचार पछि घर फर्किएका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता