होटलमा बास बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि

बुटवल, साउन १२ : बुटवलमा सञ्चालित एक होटलमा बास बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुटवलको पुरानो बसपार्कमा सञ्चालित पूर्वाञ्चल होटलमा बसेका उनीहरूमा कोरोना पोजेटिभ देखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।
साउन ७ गतेदेखि होटलमा बस्दै आएका उनीहरूको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहले जानकारी दिए।
उपमहानगरपालिकाका अनुसार बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना भण्डारमा काम गर्ने उनीहरू भारतबाट आएर होटलमा बसेका थिए।
पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई बुटवल रामनगरस्थित धागो कारखानामा सञ्चालन गरिएको आइसोलेसन अस्पतालमा राखिएको छ।
उनीहरूलाई कोरोना पुष्टि भएपछि पूर्वाञ्चल होटललाई सिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको सिहंले बताए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता