विराटनगर, २९ साउन । विराटनगर स्थित कोशी अस्पतालका आइसोलेसनमा उपचारका क्रममा सिरहा जिल्लाका ४० बर्षीय एक पुरुषको मृत्यु भएको छ ।
बुधबार राति अस्पताल भर्ना भएका सिराहा जिल्ला विष्णुपुर १ का पुरुषको उपचारकै क्रममा बिहीबार बेलुका साढे सात बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई टाइफाइड साथै ज्वरो खोकी श्वासप्रश्वासमा समस्या र रगतको कमी भएको कोशी अस्पतालका आइसोलेसन इन्चार्ज डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।
उनको आइसोलेसनमा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको र समस्या जटिल भएका कारण थप उपचारको लागि धरान पठाउन सम्पर्क गर्दा गर्दै मृत्यु भएको इन्चार्ज डाक्टर यादवले जानकारी दिनुभयो । श्वासप्रस्वासमा समस्या र ज्वरो खोकी भएर अस्पताल भर्ना भएका उनको लक्षण कोरोना संग मिल्ने भएका कारण स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा परीक्षणको लागि पठाइएको थियो
प्रतिकृया दिनुहोस्
About Maipokhari news
0 comments:
Post a Comment