वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका २ जनामा कोरोना पुष्टि


वीरगञ्ज, २९ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा विहीबार ज्यान गुमाएका २ जनामा कोरोना पुष्टि भएको छ । उपचारका क्रममा ज्यान गुमाएका बारा जिल्लाको प्रसौनी गाउँपालिकाका ६५ वर्षीय र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको कोभिड अस्पतालका ईन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए । प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय पुरुष पहिलेदेखि नै दमका रोगी थिए ।

उनलाई अचानक स्वास प्रश्वासमा समस्या भएपछि विहीबार बिहान नारायणी बयोधा अस्पताल लगिएको थियो । बयोधाले नारायणी अस्पतालका डा. उदय नारायण सिंहसँग समन्वय गरेर साढे ३ बजे नारायणी अस्पताल पठाइएको थियो ।

त्यसपछि आकस्मिक कक्षमा उपचारको क्रममा साढे ८ बजे उनको मृत्यु भएको थियो । त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोलका ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई चार÷पाँच दिनदेखि ज्वरो र खोकीको समस्या देखिएको थियो ।

बुधबार बिहान अचानक सास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई नेशनल मेडिकल कलेज लगिएको थियो । तर, नेशनल मेडिकल कलेजले आईसीयू खाली नभएको भन्दै बुधबार मध्यान्ह नारायणी अस्पतलमा रिफर गरेको थियो ।

नारायणी अस्पतालको आईसीयूमा उपचारकै क्रममा उनलाई बिहीबार विहान सास फेर्न समस्या भएको थियो । भेन्टिलेटरमा उपचारकै क्रममा विहीबार बिहान ९ बजेतिर उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment