नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो : स्वास्थ्य मन्त्रालय


काठमाडौं, २९ साउन । मुलुकमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउँको संख्या ९५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी मतियानी नगरपालिका वडा नं ६ निवासी ४५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

उनको साउन २५ गते राम जानकी अस्पतामा निधन भएको थियो । उनी क्षयराग तथा मधुमेह रोगबाट ग्रसित थिए । त्यस्तै धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केवरका ८५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

उनको साउन २८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । त्यस्तै अछामका रामारोशन गाउँपालिका वडा नं ५ निवासी एक १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

उनको पाटन अस्पताल ललितपुरमा साउन २८ गते मृत्यु भएको हो । उनी मुटुरोगका विरामी थिए । त्यस्तै मोरङको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको साउन २८ गते कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment