काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा संक्रमण,काठमाडौंमा मात्र १ सय ६० थपिए


काठमाडौं, ५ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय १६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय १६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ६० संक्रमित थपिएका छन् भने ललितपुरमा ६ संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा ५० जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३ हजार ९६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment