प्रदेश १ मा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी ९८ जनामा कोरोना पुष्टि


विराटनगर, २७ साउन । प्रदेश नं. १ मा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै सवै भन्दा बढी संख्या हो । मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा मात्र ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा मंगलबार १ हजार ६ सय ८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सो मन्त्रालयले जनाएका छ । प्रदेश १ मा संक्रमितको संख्या सवै भन्दा बढी मोरङमा ६सय ४८ पुगेको छ भने झापामा ४ सय ४ पुुगेको छ ।

यसै गरी सुनसरीमा २ सय २६, धनकुटामा १७ , उदयपुरमा १ सय ६ यसैगरी भोजपुरमा ६ , ताप्लेजुङमा १२ , पांचथरमा ७ , खोटाङमा १३ जना संक्रमित छन् भने सोलुखुम्बुमा ७ तेह्रथुममा ८ संखुवासभामा ५ , ओखलढुङगामा १७ र इलाममा ७६ गरी प्रदेश १ का १४ वटै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment