धरानकाे बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु


सुनसरी, ३२ साउन । कोराना संक्रमित एक महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ ।

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका वडा नं २ की ५० बर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो । विराटनगरस्थित न्युरो अस्पतालबाट रेफर भएर आएकी महिलाको शनिबार राति १० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यससँगै बीपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संक्रमितकाे संख्या ७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment