संक्रमितको कन्ट्याकमा आएका मानिसहरुको पिसिआर परिक्षणको रिपोट आए पछि परिस्थिति हेरेर नगरपालिकाले अर्को निर्णय गर्ने पनि उहाँले वताउनु भयो ।
प्रहरीमा कोरोना संक्रमण देखिए पछि देउमाई नगरपालिकाको बुधबारेबजार सिल, भिडभाड हुने इलाकामा पनि सावधानी अप्नाउन अनुरोध
इलाम, ३२ साउनः इलाम जिल्लाको देउमाई नगरपालिकाको मंगलबारेमा भएको इलाका प्रहरी कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टी भए सँगै देउमाई नगरपालिकाले मंगलबारे बजार एरिया सिल गर्ने निर्णय गरेको छ । देउमाई नगरपालिकाको वडा नंं ३,४,५,८,९ सिलगरेको नगर प्रमुख सूर्य पोख्रेलले वताउनु भयो । देउमाई नगरपालिकाको शान्तिडाँडा सम्म, नवमीबजार, धुसेनी सम्को एरिया अाज राति १२ वजेबाट सिल गरिने पाेख्रेलले बताए । इलाका प्रहरी कार्यालय सिल भए सँगै मंगलबारे बजारको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयबाट नयाँटोली देउमाई नगरपालिका आउने पनि पोख्रेलले वताए । नयाँ आएको टोलीलाई खाने वस्ने व्यवस्ता नगरपालिकाले छुट्टै गरिदिने पनि पोख्रेलले वताउनु भयो ।
0 comments:
Post a Comment