नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो

काठमाडौं, ८ भदौ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका १ जना, मोरङका १ जना, पर्साका १ जना, काठमाडौंका १ जना, रुपन्देहीका ४ जना छन् । मन्त्रालयका अनुसार कोरोना सक्रमण भई वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्लाज्मा थेरापी समेत गरिएका उनको आइतबार बेलुका मृत्यु भएको थियो । यता, विराटनगर महानगरपालिका ८ का कोरोना संक्रमित ६५ बर्षीय पुरुषको आइतबार राती कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि विराटनगर महानगरपालिकाले स्थापना गरेको वडा नं। १९ बैजनाथपुर स्थित आइसोलेसनमा बस्दै आएका उनलाई श्वासप्रस्वामा समस्या आएपछि अस्पताल लगिएको थियो । यता, रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका समरीमाई गाउँपालिका–२ का ३८ वर्षका पुरुषको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा १ जनाको पनि मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment