कोरोना परिक्षणका लागि पठाइएको १४४ जनाको स्वाब प्रयोगशालाबाटै हरायो !


बैतडी, २८ साउन । बैतडीका १ सय ४४ जनाको कोरोना परिक्षणको लागि संकलन गरिएको स्वाबको रिर्पाेट महिनाै दिनसम्म पनि आएको छैन । जिल्लाको मेलौली नगरपालिकाका ८०, दोगडाकेदार गाउपालिकाका ३९, डिलाशैनी गाउपालिका र पञ्चेश्वर गाउपालिकाको समान ९/९ र शिवनाथ गाउपालिकाका ७ गरी १ सय ४४ जनाको स्वाब प्रयोगशालाबाटै हराएको हो ।

उनिहरु सबै घर गइसकेका छन् । जेठ अन्तिम साता पठाएकाहरुको रीर्पाेट अझैसम्म नआएका कारण उनिहरुलाई सम्बन्धित पालिकाहरुले नै क्वारेन्टाइनको समयाअवधि पश्चात घर पठाइएको पहिले बैतडीका कोभिड १९ सम्पर्क ब्यक्ती भुवन जोसीले जानकारी दिनुभयो ।

‘करिब जेठ अन्तिम सातादेखिका स्वाबहरुको रिर्पाेट आएको छैन्, आज भोली पठाएको स्वाबको रिर्पाेट तेश्रो दिन आइरहेको छ ।’ उहाले भन्नुभयो, ‘जस्को स्वाबको रिर्पाेट आजसम्म आएको छैन उनीहरू सबैलाई स्थानीय तहहरुले क्वारेन्टाइनको अवधि पुरा गरी घर पठाइसकेका छन् ।’

यस्तै जिल्लाको शिवनाथ गाउपालिका, पञ्चेश्वर गाउपालिका र पुर्चाेडी नगरपालिकाका क्वारेन्टाइनहरु पुर्ण रुपमा खाली भइसकेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क ब्यक्ती जोसीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment