प्रदेश १ मा १ सय २३ जना नयाँ संक्रमित थपिए

विराटनगर, ३ भदौ । प्रदेश १ मा वुधबार १ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगर महानगरपालिकामा ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ ।

झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । वुधबार संक्रमण पुष्टि भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन् ।


प्रदेश १ का जिल्लाहरुमा सवैभन्दा बडी मोरङमा १ हजार १ सय ९४, झापामा ४ सय ६६, सुनसारी ३ सय ७६ उदयपुरमा, १ सय १०, खोटाङमा १९, ओखलढुङगामा १८, धनकुटामा १७, ताप्लेजुङमा १२, पाँचथरमा ९ जना, इलामामा ८१, तेह्रथुममा ९, संखुवासभामा ८, भोजपुरमा ६ र सोलुखुम्बुका ७ जना रहेका छन् ।

त्यस्तै, अन्य स्थान नखुलेका २३ जना रहेका सामाजिक विकास मंत्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ ।


प्रदेश १ मा बुधबार २ जना डिस्चार्ज भएका छन्, मेची अञ्चल अस्पताल धाइजन आइसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट जम्मा १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा वुधबार १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेको संख्या प्रदेश १ मा मोरङका १२ जना र सुनसरीका १ जना गरी १३ जना रहेका छन् भने २ नम्बर प्रदेशका ४ जना गरी जम्मा १७ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment