इलाममा थप ४ जनामा कोरोना संक्रमण पुष्टी, इलाममा संक्रमितको संख्या ८१ पुग्यो

इलाम, २९ साउनः इलाममा थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा गरिएको ५० जनाको परिक्षण गरिएकोमा ४ जनाको रिपोट पोजेटीभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन बिमल बरालले जानकारी गराएका छन् । सन्दकपुरमा भएका संक्रमित मध्ये दुईजना हाइड्रोमा काम गर्ने हुन भने दुई जना समुदायका मानिस हुन । 

इलाम नगरपालिकामा समुदायमा गरिएको परिक्षणको रिपोट भने सवै नेगेटिप आएको पनि बरालले वताए । इलाममा आज थपिएका ४ जना सँगै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment