प्रहरीले राजश्वको स्टिकर नभएको राधाकृष्ण प्रोडक्स विराटनगरको उत्पादन झुमका सुपरपावर १ बोरा र अवैधरुपमा भारतबाट भित्र्यिाएर राखिएको बादशाह खैनी ६ बोरा, बाबा खैनी ६ बोरा बरामद गरेको छ । एक लाख बढी मुल्य बराबरको बरामद सुर्तीजन्य पदार्थ आवश्यक कानुनी प्रक्रियाका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाइएको इप्रका अनारमनीका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

पछिल्लो समय लकडाउन खुलेसँगै सिमावर्ती क्षेत्रमा अवैधधन्दा मौलाएको छ । प्रहरीले नियन्त्रण प्रयास गरेको दाबी गरेपनि रातारात प्रहरीकै मिलेमत्तोमा सुर्तीजन्य पदार्थ भित्रिरहेको सिमावर्ती क्षेत्रका बासिन्दाको भनाई छ । यसरी अवैधतवरबाट भित्रिएका रंजनीगन्धा, राजनिवास, गुट्खा, तयारी खैनी, सुर्ती अहिले झापाका बजारमा छ्यापछ्याप्ती पाइन्छ ।
न्युज२४ नेपालबाट साभार गरिएकाे