धरानमा भदौ ३ गतेसम्म लकडाउन थपियो, दूध तथा सागसब्जी समेत ल्याउन नपाइने

सुनसरी, २८ साउन । समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै धरान उपमहानगरपालिकाले लकडाउन थप गरेको छ ।

उपमहानगरको आज बसेको कार्यपालिका बैठकले अगामी भदौ ३ गते राति १२ वजेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।

गत साउन २२ गते सुरु भएको धरानको लकडाउन आज राति १२ बजे सकिन लाग्दा उपमहानगरले पुन एक साता लकडाउन थप गर्ने निर्णय गरेको धरान उपमहानगर पालिका १७ नम्बरका वडा अध्यक्ष मनोज भट्टराईले जानकारी दिनुभयो । लकडाउन थप गरेसंगै समुदायमै फैलिएको कोराना सक्रमण रोकथाम गर्न मास टेष्टिङ गर्ने समेत निणर्य भएको उहाँले वताउनुभयो ।

धरान प्रवेश गर्ने नाकामा कडाइ गर्ने तथा बाहिरवाट आउने दूध र सागसब्जी समेत ल्याउन नदिने वताउदै उहाँले धरानमा उत्पादन भएको सागसब्जी तथा दूध भने बिक्रीको लागि खुल्ला गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

‘धरानको विष्णुपादुका , ठिंगाबारी , पाचबन्या दानावारी लगायतका क्षेत्रवाट आउने साग सब्जी ल्याउन सहजीकरण गरिने छ’ उहाँले भन्नुभयो, ‘धरानमा उत्पादन भएको दूध तथा दूग्धजन्य सामानसमेत वजारमा ल्याउन पाइने छ ।’ तर उहाँले स्वास्थ्य सेवासंगै औषधि पसल वाहेकका अन्य पसल भने खोल्न नपाईने प्रष्ट पार्नुभयो ।

यता जिल्ला प्रशासन कार्यालय सुनसरीले भने यस अघि नै साउन ३२ गते सम्मको लागि जिल्ला भर निषेधाज्ञा जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment