पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु , नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो

काठमाडौँ, २७ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै संख्या ८३ पुगेको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै, काभ्रेकी ५० वर्षीय महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment