सिन्धुलीमा १३ जनालाई कोरोना संक्रमण पुष्टी

  • इन्द्र प्रसाद तिम्सीना

सिन्धुली, ३० साउनः सिन्धुलीमा  १३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।  माझिटार स्थित क्वारेन्टाइन बस्तै आएका ७जना पुरूष    र तिन पाटन गाउँपालिका ३ जना  कमलामाई नगरपालिका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जस मध्ये एक जना सिन्धुली जिल्ला अस्पतालमा कार्यरत महिला  कर्मचारी रहेको बताइएको छ । 

कोरोनाको माहामारीको देश ब्यापी नै रफ्तारमा बढ्दै जादा सिन्धुली पनि त्यस को प्रभावबाट हट्न सकेको छैन आज मात्र १३ जना पुष्टि गएको हेटौडामा गरेकाे परिक्षणामा पुष्टि भएकाे छ । सिन्धुलीमा  काठमाडौँबाट  राता रात सवारी साधन आऊने गरेकाले पनि त्रास वढेको स्थानीयवासीहरुको गुनासो रहेको छ ।  त्यसमा पनि नेपाली सेना र अस्पताल कै कर्मचारीमा कोरोना संक्रमण देखिनुले झनै सर्तकता अप्नाउनु पर्ने भएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment