प्रदेश १ मा आज १४५ संक्रमित थपिए, ७२ जना डिस्चार्ज


विराटनगर, १९ भादाै । प्रदेश १ मा शुक्रबार १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो प्रदेश १ को ।

त्यस्तै आज ७२ जना डिस्चार्ज भएका छन् । हालसम्म मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण देखिएकामा २५ महिला र ३५ जना पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको दुहवीमा ७ महिला ६ पुरुष, इटहरीमा १ महिला ९ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला १ पुरुष, बर्जुमा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको ३ महिला ८ पुरुष, दमकमा ३ महिला २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय २५ पुगेको छ । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन केन्द्र, गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ११, होटल एशियाटिक आईसोलेसनबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, वि.जेनरल अस्पताल आईसोलेसन केन्द्र, हरिनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा भाद्र १९ गते सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय १९ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार २ हजार १ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण परिएका मध्ये ५३ महिला र ९१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ९५ हजार ४ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो जस्मा १ हजार ८ सय १६ जना संक्रमित रहेका छन् । त्यस्तै झापामा ६ सय ३६ , सुनसरीमा ८ सय ९९ रहेका छन् भने उदयपुरामा १ सय १६ रहेका छन् । यसैगरी इलाममा ८७ ,खोटाङमा २२ , ओखल्ढुङगामा २२ , धनकुटामा ४२ , तापलेजुङमा १२, तेह्रथुममा २८ ,सोलुखुम्बुमा ८ , पांचथर १७, भोजपुरमा १३ ,संखुवासभामा ३४ र अन्य ७३ जना रहेका समाजिक विकास मंत्रालयले जनाएको छ ।

प्रदेश १ मा २३ र प्रदेश वाहिरका १० गरि जम्मा ३३ जनाको मृत्यु भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा ५ जनाको त्यसै गरी झापामा १ जनाको मृत्यु भएको सो मंत्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment