चर्चित मोडल दिपक घिमिरे अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)


नेपालको चर्चित मोडल दिपक घिमिरे अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायक प्रताप दासको स्वरमा तयार भएको ‘अञ्जानैमा…’ शीर्षकको गीतले यूट्युबमा दर्शकको मन जित्न थालेको छ । सरोज प्याकुरेलद्वारा संगीतबद्ध उक्त गितलाइ सत्यराज चौलागाईंले रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भैसकेका दीपक घिमिरे फिचर्ड छन् । उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन् । भिडियोमा उनीहरुको जोडी पनि आकर्षक देखिएको छ । नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् । सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले डे«स डिजाइन गरेकी छिन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment