भारतमा कोरोनाको डरलाग्दो ग्राफ- अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला

काठमाडौँ, २१ भदाै । भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमणकाे ग्राफ उकालाे लागिरहेकाे छ । डरलाग्दाेगरी उक्लिरहेकाे याे ग्राफ हेर्दा विश्वका बढी प्रभावित देश अमेरिका ब्राजिलकाे कुल दैनिक संक्रमितभन्दा पनि बढी भारतमै फेला परेका छन् । त्यहाँ शनिबार एकै दिन हालसम्मकै बढी ९० हजार ६०० संक्रमित परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । याे भारतभर मात्र नभएर विश्वमै अहिलेसम्म एकैदिन फेला परेका संक्रमितकाे सर्वाधिक संख्या हाे ।

तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ४१ लाख १० हजार ८३९ पुगेकाे छ । अबकाे केही घण्टापछि नै भारतले ब्राजिललाइ समेत उछिनेर सर्वाधिक संक्रमित हुनेकाे लहरमा दाेस्राे स्थानमा उक्लिने देखिन्छ  । हाल सर्वाधिक संक्रमित अमेरिका रहेका छन्, त्यहाँ कुल ६४ लाख २९ हजारभन्दा बढी मानिस संक्रमित पुष्टि भएकाे छ । त्यसपछि ब्राजिलमा कुल ४१ लाख २३ हजार मानिस संक्रमित भएका छन् ।

भारतमा संक्रमित बढेसँगै मृत्यु हुनेकाे संख्या पनि बढिरहेकाे छ । त्यहाँ काेराेनाकै कारण शनिबार १ हजार ४४ जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ ज्यान गुमाउने कुल संख्या ७० हजार ६७९ पुगेको छ ।

भारतमा निको हुनेको दर पनि उत्तिकै बढिरहेकाे छ । शनिबार एकैदिन त्यहाँ ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म भारतमा कुल संक्रमितमध्ये ३१ लाख ७७ हजार ६७१ जना कोरोनामुक्त भएका छन् भने ८ लाख ६१ हजार ८६६ जनामा भाइरस सक्रिय छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाे तथ्यांक अनुसार त्यहाँ सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा फेला परेका छन् । शनिबार एकै दिन त्यहाँ ९० हजार ३९७ वटाकाे परीक्षण गर्दा २० हजार ८०० जनामा संक्रमण फेला परेकाे हाे । त्यहाँ शनिबार एक दिनमा ३१२ जनाको ज्यान गएकाे छ भने कुल २६ हजार २७६ जनाले काेराेनानाकै कारण ज्यान गुमाइसकेका छन् ।

हाल विश्वभर कुल संक्रमित संख्या २ कराेड ७० लाख ४४ हजार नाघेकाे छ । काेराेनाका कारण अहिलेसम्म विश्वमा ८ लाख ८३ हजारबढीकाे ज्यान गइसकेकाे छ । शनिबार एकै दिनमा विश्वभरि २ लाख ५९ हजारबढी संक्रमित थपिएका छन् भने ४ हजार ६४८ काे ज्यान गएकाे छ । तर एकै दिन २ लाख १० हजार ४८४ जना संक्रमणमुक्त समेत भएका छन् ।

हेर्नुस् सर्वाधिक दैनिक संक्रमित देखिएका १२ देशकाे अवस्था-

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment