डा गोविन्द केसीको जीवन रक्षा माग गर्दै आवासीय चिकित्सकले ओपिडी सेवा बहिष्कार गर्ने


काठमाडौँ, २० असाेज । सरकारसँग विभिन्न माग राखी अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडाैँसहित धरानका तीनवटा मेडिकल शिक्षण संस्थाका आवासीय चिकित्सकहरूले ‘ओपिडी सेवा’ बहिष्कार गर्ने भएका छन् ।

डा केसीले अनसन सुरु गरेको २२ दिन बित्दा पनि उनीसँग वार्ता गर्न र माग पूरा गर्न सरकार गैरजिम्मेवार बनेकाे भन्दै सोमबार साँझ उनीहरूले एक विज्ञप्ति जारी गरेका छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल (न्याम्स) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूकाे संगठनद्वारा जारी उक्त संयुक्त विज्ञप्तीमा ओपिडी सेवा बहिष्कारका साथै कालाे पट्टी बाँधेर धर्ना गर्दै विराेध जनाउने निर्णय गरिएकाे उल्लेख छ ।

इमरजेन्सी र काेभिड- १९ बाहेकका सबै ओपिडी सेवा बन्द गर्ने विज्ञप्तीमा जनाइएकाे छ । साथै इमर्जेन्सी तथा इन्डोर सेवा अवरोध नगरिए पनि कालोपट्टी बाँधेर मात्रै विराेधकै बीच सेवा प्रवाह जारी राख्ने समेत आवासीय चिकित्सकहरूले जनाएका छन् ।

सरकारले तत्काल अनशनरत डा केसीका माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने समेत उनीहरूको चेतावनी समेत छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment