बजेट अभावले इलामको फाल्गुनन्द विमानस्थल निर्माण शुरु भएको दश वर्षमा पनि सम्पन्न भएन


इलाम, २० असोजः इलाम नगरपालिका ८ मा निमार्णधिन फाल्गुनन्द सुकिलुम्बा विमानस्थल प्रयाप्त वजेट भए समयमै काम सकेर नियामित उडान भर्न तयार हुने अवस्थामा रहेको छ । 

सदरमुकामवाट आठ किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो । जग्गा खालि गरेपछि १० वर्ष अघि काम थालिएको हो । चाहिए जति बजेट नआउदा सबै काम अलपत्र परेको स्थानीयहरु बताउँछन् । एयरपोर्ट बनेपछि कमाइ होला भन्ने सपनाबोेकेका स्थानीयहरु अहिले वषौँ सम्म निर्माण सम्पन्न नहुँदा निराश बनेका छन् । 

विमानस्थल निर्माण मेचीका पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ र सिक्किमकासमेत बासिन्दाकालागि सहज हुने ठानिएको छ । बिमानस्थलको कच्ची धावनमार्ग निर्माण गरिएको छ ।  विमानस्थलको भल व्यवस्थापनको लागि विमानस्थलबाट माइखोला सम्म  नाली निर्माणको काम पनि सम्पन्न भई सकेको छ । चालु आर्थिक वर्षमा १० करोडको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायतको काम भई रहेको छ । धावनमार्ग कालोपत्रेगर्ने काम चैत्र सम्ममा सक्ने निर्माण कम्पनीले जनाएको छ । 


विमानस्थलमा अहिले सम्म २० करोड भन्दा वढी खर्च भई सकेको  छ अहिले चलु  भईरहेको काम सग विनस्थललमा ३० करोड खर्च भएपनि कामले गती नपाएपछि स्थानीय निराश भएका हुन । 

१८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २६ रोपनी जग्गा जिल्लास्थित सरोकारवाला निकाय र व्यक्तिवाट दुई करोड २६ लाख रकम संकलनगरी स्थानियबाट अधिग्रहण गरिएको थियो । ६० मिटर चौडा र सात सय ३४ मिटर लम्वाई भएको कच्ची धावनमार्ग निर्माण भइरहेको छ ।


एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हँुदा सिलान्यास गरेको फाल्गुनन्द सुकिलुम्बा विमान स्थलमा नेताहरुको चासो पछिल्लो समयमा घटेको स्थानीयको आरोप छ । सिलान्यास अघिनै यो विमानस्थाल बनाउन प्राविधिक रुपमा उपयुक्त नभएको विज्ञहरुले सुझाव दिएका थिए । उनीहरुले झापाको विमानस्थन नजिक रहेको, सडकको सहज पहुच भएको कारण देखाउँदै विमानस्थल  बनाउन आवश्य नभएको सुझाव दिएका थिए । 

विमानस्थल सञ्चालनमा ल्याउन टमिर्नल टावरका लागि भवन निर्माण, भञ्ज्याङगदेखि विमानस्थलसम्मको सडक र तरवेरा निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसको लागि  १० करोड भन्दा वढी बजेटको आवश्यकता रहेको छ । इलाममा रहेको स्थानीय सरकारले समन्वय गरे विमान स्थालमा कालो पत्रेको काम सकेपछि उडान भर्नको लागि तयार भई सकेको  उड्डयान प्राधिकारणका इन्जिनियर विनायक भट्टराईल बताए ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment