निर्दयी आमा, जसले १ वर्षे शिशुलाई जङ्गलमा छोडिन्

  • आशीष केसी

असोज १९, सल्यान । सल्यानको खलंगा र श्रीनगरमा पर्ने जङ्गलमा एक बालक बेवारिसे अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित माझी पौवाको छहारा नजिक सालघारीमा सोमबार बिहान मर्निङवाकमा निस्केका स्थानीयले बालकलाई फेला पारेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र नगरपालिका प्रमुख सुरेश अधिकारीलाई खबर गरेका थिए ।

अहिले ती बालकलाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा जिल्ला अस्पताल खलंगामा लगिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिएका छ्न् ।

बालकको उमेर करिब १ वर्षजतिको रहेको अनुमान गतिएको छ । बालक भेटिएको स्थाननजिकै बालकको कपडा र एउटा झोलासमेत फेला परेको प्रहरिले बताएको छ । बालकलाई राति नै जङ्गलमा छाडेर आमाचाहिँ गएको हुनसक्ने अनुमान गरिएको छ ।

श्रीनगरका स्थानीयहरुले मर्निङवार्क गएको समयमा उक्त बेबारिसे बालकलाई रोइराखेको अवस्थामा फेला पारेका थिए । कुनै आमाले छाडेर गएको हुनसक्ने भन्दै खोजी र अनुसन्धान समेत सुरु गरिएको डिएसपी थापाले बताएका छन् 

न्युज२४ नेपालबाट साभार गरिएकाे



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment