जिल्ला प्रशासन कार्यालय इलामद्वारा अत्यावश्यक काम वाहेक भिडभाड नगर्न र दशैं तिहार आ–आफ्नो परिवारमा वसेर मनाउन अनुरोध

इलाम, २९ असोजः नजिकीदै गरेको चाडपर्वलाई ध्यायनमा राख्दै जिल्ला प्रशासन कार्यालय इलामले भिडभाड नगर्न अनुरोध गरेको छ । विश्वभरी नै माहामारीको रुपमा फैलेको कोरोना भइरसको संक्रमणको जोखिम इलाममा पनि भएकोले जिल्ला प्रशासन कार्यालय इलामद्वारा अत्यावश्यक काम वाहेक भिडभाड नगर्न र दशैं तिहार आ–आफ्नो परिवारमा वसेर मनाउन  अनुरोध गरेको छ । जिल्ला वाहिरबाट मानिसहरु आउने भएकोले संक्रमणको उच्च जोखिम रहेको पनि विज्ञप्तीमा जानकारी गराईएको छ । 

स्वास्थ्य सुरक्षा नप्नाई भौतिक दुरी कायम नगरी हिडडुल गरेमा संक्रमण रोग ऐन २०२० दफा ३(१) बमोजिम कारबाही गरिने पनि जानकारी गराइएको छ । 

इलाममा हाल सम्म ९५ जनामा संक्रमण देखिएको र ९४ जना निको भई घर फर्किएको पनि जानकारी गराइएको छ । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment