लागू औषध सहित दुई महिला पक्राउ


वीरगञ्ज, २१ कात्तिक । सशस्त्र प्रहरी पर्साको शंकराचार्यमा खटिएको टोलीले लागूऔषध सहित दुईमहिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५० वर्षीया फुलमति चौधरी र २९ वर्षीया सुगन्धादेवी पासवान रहेका छन् । उनीहरुलाई हवल्दारर भान बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा डाइजापाम ३०० गोटा, फेनारागन २९७ गोटा, नुफिन ३०० गोटा फेला पारेको हो ।

उनीहरुलाई भारतबाट नेपालतर्फ कालो झोलामा लुकाईल्याउदै गरेको लागू औषध नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment