समाजसेवी कांग्रेस युवा नेता डम्बर खडकाको सहयोगमा बनेको मैदानमा उनैलाई स्थानीयवासीले गरे सम्मान


इलाम, २७ कतिकः नेपाली काँग्रेसका युवा नेता तथा इलामका अग्रज समाजसेवी डम्बर खडकाले माइनगर अन्र्तगत वडा नं ९ को मालबासेमा बुधबार खेल मैदान निर्माण गर्न सहयोग गरेका छन्  । 

स्थानिय युवाहरु र खेलकुदप्रेमी अभिभावकहरुले केहि समय अघि खडकासँग यस क्षेत्रमा कुनै खेल मैदान नभएको गुनासो पोखे पछि उनले सहयोग गर्ने बचन बद्धता गरेसँगै उनले यो मैदानमा निमार्णका लागी मेसिन उपलब्ध गराएर सहयोग गरेका हुन । उनलाई बुधबार साविक चिसापानीको वडा नं १ , २ ३ र ४ मा खेल मैदानको अभाव भएकाले सो क्षेत्रमा खेल मैदान निर्माणमा  कसैले पनि सहयोग नगरेको भन्दै हर्षित भएका खेलाडी स्थानियबासीले उनलाइ फुलमाला  खादा ओडाएर स्वागत गर्दे धन्यबाद  समेत दिएका थिए ।

स्थानीयले गरेको कार्यक्रमा खड्काले एक थान फुटबल खेलाडीलाइ दिएर सो मैदानको  स्थानीयलाई फुटबल खेलन सहज होस भनेर सहयोग समेत गरेका छन् ।  


कार्यक्रममा उपस्थित स्थानीयलाइ सम्बोधन गर्दे नेता खडकाले खेल मैदान निमार्ण सबैको साथ सहयोगले तपाँइ हामी मिलेर गरे मात्र  पुर्णहुने बताउदै युवाहरुले खेल खेल्नाले स्वास्थ्य समेत राम्रो हुने र यस्तै दुर दराजका खेलाडी मेहेनत साथ यस क्षत्रेमा लाग्दा भोलीका दिनमा राष्ट्रिय स्तरमा समेत पुग्न सकिन्छ भन्ने बताए  र आगामी दिनमा समेत यस क्षेत्रमा सहयोगका लागी पहल गर्ने बताए । 

खेल मैदानका लागी सहजकर्ता तुलसी तामाङले कसैको साथ नपाए तापनि नेता खडकाले यसरी सहयोग गर्नुभएकोमा टोलबासी गाँउबासीलाइ राम्रो भएको बताउदै धन्यबाद ब्यक्त गरे



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment