प्रदेश १ मा पछिल्लो २४ घण्टामा इलामका ४ सहित ३६८ संक्रमित थपिए, ४४१ डिस्चार्ज


विराटनगर, २६ कात्तिक । प्रदेश १ मा ४ सय ४१ जना डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।मोरङमा १ सय ४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा ७, ताप्लेजुङ र इलाममा ४–४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन् ।

मोरङको विराटनगरमा ८०, सुन्दरहरैचामा १२, बुढीगंगामा ९, बेलबारी र रतुवामाईमा ८–८, रंगेली र ग्रामथानमा ५–५, उर्लाबारीमा ४, पथरीशनिश्चरे र लेटाङमा ३–३, कानेपोखरी र कटहरीमा २–२, केराबारी, मिक्लाजुङ, धनपालथान, जहदा र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ४३, धरानमा २८, रामधुनीमा १०, इनरुवामा ७, दुहवीमा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २४, भद्रपुरमा १०, विर्तामोड र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, अर्जुनधारामा २, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पाँचथरको फिदिममा २०, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढी, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको खाँदबारीमा ७, ताप्लेजुङको फुङलिङमा ४, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द, पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ , धनकुटाको पाख्रीबास र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा बुधवार १ हजार १ सय २८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय २८ महिला र २ सय ४० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७४ हजार ८ सय २ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment