इलामका आठ सहित प्रदेश १ मा १३५ जना नयाँ संक्रमित थपिए, २९४ जना डिस्चार्ज भए


विराटनगर, १९ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने २ सय ९४ जना डिस्चार्ज भएका छन् । २९३ जना होमआइसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । योसँगै यस प्रदेशम डिस्चार्ज हुनेको संख्या २२ हजार ७ सय ३१ पुगेको छ ।

मोरङमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र संखुवासभामा २–२, पाँचथर, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २६, सुन्दरहरैचामा ८, बेलबारीमा ६, बुढीगंगा, केराबारी र सुनबर्षीमा २–२, रतुवामाई, पथरीशनिश्चरे, धनपालथान, कानेपोखरी, रंगेली र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा १५, धरानमा १० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, बराहक्षेत्रमा ३, रामधुनीमा २, हरिनगर, दुहवी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ५, शिवसताक्षी, विर्तामोड र झापा गाउँपालिकामा ४–४, मेचीनगर र बुद्धशान्तिमा ३–३ र भद्रपुरमा २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

इलामको सूर्योदयमा ७, इलाम नगरपालिकामा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, संखुवासभाको मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्बायक, धनकुटाको महालक्ष्मी र खोटाङको साकेलमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९५५ पुगेको छ । प्रदेश १ मा शुक्रबार ६ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये ५४ महिला र ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९४ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment