हुम्लामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ७ घाइते



हुम्ला, २० मंसिर । हुम्लामा जिप दर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । सिमकोट गाउँपालिका- ७ डाडाफयाको जबुका नजिकै शुक्रबार राती लु.२ च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित ७ जना घाईते र ४ जनाको मृत्यु भएको हो ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रममा सिमकोट गाउँपालिका-७ को डाडाफयामा राति १०ः०० बजे सो बलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एबं प्रहरी निरीक्षक सिताराम बिष्टले बताउनुभयो ।

दुर्घटनामा परि १ जना महिला सहित ४ जनाको ४ जनाको मृत्यु भएको छ । भने मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि एकबर्षको बच्चा सहित ७ जना घाइते भएका छन् ।

घाईते हुनेमा सिमकोट- २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट- ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट- ८ खोल्सिकी कल्पना सिंह, सिमकोट- ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट- ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चा सहित ५ जनाको अबस्था सामान्य भएको जिल्ला अस्पतालका डाक्टर टसि अंङजुक लामाले बताउनुभयो ।

बलेरो जिप मुल सडक भन्दा करिब ६सय मिटर दक्षिणमा खसेको हुम्ला प्रहरीका प्रबक्ता बिष्टले बताए । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए ।

रातिको समय भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका ससस्त्र प्रहरी बल हुम्ला प्रमुख डिएसपी मोहन बिस्टले बताउनुभयो । अधिकांशको छाति, टाउको र हात खुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment