मन्त्रिपरिषद् बैठक : निर्मला पन्त प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको पुनर्वहाली


काठमाडौं, १५ पुष । सरकारले कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ ।

बुधबार (आज) साँझ बसेको मन्त्रिरिषद्को बैठकले बर्खास्तीमा परेका एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बनमा परेका एसपी विष्ट बर्खास्तमा परेका थिए । एसपी विष्टलाई प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बर्खास्त गरेको थियो ।

बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए ।

सोही प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन डीएसपी अंगुर जीसीलगायत सेवामा फर्किइसकेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment