पाथीभरा क्षेत्रको जंगलमा सात दिनदेखि लागेको डढेलो झनै नियन्त्रण बाहिर


ताप्लेजुङ, १५ पुष । पाथीभरा क्षेत्रको जंगलमा सात दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । मन्दिर आसपासका क्षेत्रमा रहेका आगो छिट्टै सल्किने झाडीलाई सफाई गरेको साथै अग्नि रेखा बनाएकाले पाथीभरा मन्दिर भने अहिले सम्म सुरक्षित रहेको छ ।

फुङ्लिङ नगरपालिका वडा नं–११ फावाखोलामा पर्ने पाथीभरा सिम्बू सामुदायिक वन र सिरीजंगा गाउँपालिका वडा नं–३ सिकैँचाको सुनपाति सामुदायिक वनमा डढेलो फैलिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो ।

यता फुङलिङ नगरपालिका १० को मयामतर्फ डढेलो फैलिए मन्दिर क्षेत्र खतरामा पर्ने देखिएकाले मयामतर्फ फैलन नदिनका लागि नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, पाथीभराका कर्मचारी र स्थानीयले प्रयास गरिरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताउनुभयो ।

बिहान सामान्य रहेपनि दिउँसोपख हावा चल्ने र मौषम सुख्खा हुँदै गएपछि आगो बढे्ने गरेकोले नियन्त्रणमा लिन समस्या परेका हो । उच्च पहाड, सुख्खा क्षेत्र तथा पानीको समस्या रहेकोले बिकल्पको रुपमा पाथीभरा देवी मन्दिर संरक्षण तथा संर्वद्धन समितिको समन्वयमा हेलिकोप्टर प्रयोग गरी डढेलो नियन्त्रणमा लिने प्रयास समेत गरिएको थियो । ठूलो आगो लागेको र जंगल क्षेत्रमा भएका कारण हेलिकप्टरबाट समेत सम्भव नरहेको समितिका सचिब लक्ष्मी काफ्लेले बताउनुभयो ।

बन क्षेत्रमा रहेको गुराँस तथा सल्ला जस्ता काँचै बल्न सक्ने प्रजातिका बिरुवा भएकोले डढेलो नियन्त्रणमा लिन झनै समस्या भएको स्थानीयको बुझाई छ । सो क्षेत्र मूख्यगरि रेडपाण्डाको बासस्थानका रुपमा लिने गरिएको छ । आगलागीले बहुमूल्य जटिबुटि तथा बनस्पती साथै विभिन्न प्रजातिका बोटविरुवा नष्ट भएका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment