विचौलियाविहीन बन्यो इलाम मालपोत कार्यालय, सेवाग्राहीलाई काम गर्न सहज


इलाम, १९ पुस । इच्छाशक्ति र लगनशील भएर आफ्नो जिम्मेवारी पूरा गरेमा कठिन काम पनि सहजसँग गर्न सकिन्छ भन्ने उदाहरण इलामको मालपोत कार्यालयमा प्रमाणित गरेको छ । कार्यालय प्रमुख यादव राउतको दिनरातको मिहेनत र कर्मचारीहरुको जागरुकताका कारण इलामको मालपोतमा सेवाग्राहीलाई काम गर्न सहज भएको छ ।


मालपोत कार्यालय डिजिटलाइजेसनमा गएसँगै काम गर्न सहज भएको र सेवाग्राहीहरुलाई विचैमा अलमल्याएर कर्ममचारीसम्म पुग्न नदिने विचौलियहरुलाई कार्यालय हाताभित्र प्रवेशमा रोक लागएसँगै इलाम मालपोत कार्यालयमा सेवाग्राहीहरुले अनावश्यक रुपमा पैसा पनि तिर्न नपर्ने भएको छ ।

कार्यालायलाई डिजिटलाइजेसन गर्न र विचौलियाहरुलाई हटाउन चुनौतीपूर्ण भएपनि सवैको साथ र सहयोगले गर्दा यो सम्भव भएको मालपोत कार्यालय प्रमुख यादव राउत बताउँछन् ।

कार्यालयको फाँटहरु खोज्नमा सेवाग्राहीलाई सजिलो होस भन्ने हेतुले खुल्ला कार्यालयको अवधारण अपनाइएको छ । कार्यालय प्रमुखदेखि अन्य सम्पूर्ण फाँटका कर्मचारी एउटै खुल्ला कोठामा रहेकाले गर्दा कुन सेवाग्राहीको काम कहाँ पुग्यो भन्ने हेर्न पनि सजिलो भएको छ ।

विचैलियाले सेवाग्रहीसँग मोटो रकम असुलेर फाइल कुदाइदिने भएकाले पहिले–पहिले सेवाग्राही र कर्मचारीको भेटसम्म नहुने परिस्थिति पनि हटेको छ । सेवाग्राहीले अनावश्यक रुपमा पैसा नतिर्नु पर्ने र सहज रुपमा काम सञ्चालन गर्न सकिएको मालपोत अधिकृत जसबहादुर राई बताउँछन् ।

कार्यालयमा विचौलियाहरुको विगविगी हटेसँगै सेवाग्राहीहरु आफै काम गर्न लाइनमा बसेका छन् । उनीहरुले फाँट नचिन्दा अली समस्य परेको र विस्तारै सवै कुरा मिल्दै जानेमा आशावादी रहेको इलाम धोविधाराकी कमाला सुवेदी वताउँछिन् ।

अहिले सेवाग्राहीहरुलाई फाँट चिन्न अली समस्या परेको र भीडभाड बडेकोले काम गर्न केही ढिलाई भएको भएपनि चाँडैनै टोकन सिस्टमको व्यवस्था गरेर सहज बनाउने कार्यालय प्रमुख राउतको भनाइ छ । नेपालमा लगभग पहिलो पटक विचौलियाहरु क्लिन गरेर काम गर्ने इलामको मालपोत कार्यालय पहिलो भएको छ ।

राउतले पहिला कार्यालय प्रमुख भएर काम गरेका कार्यालयहरु मलपोत कार्यालय तेह्रथुम र इलामको मंगलबारे मालपोत कार्यालयमा पनि धेरै सुधार गरेका थिए । उनी अहिले इलामको मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालयको रुपमा बनाउने अभियानमा लागेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment