चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखियो

काठमाडौं, १७ पुष । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । एक वर्ष पहिले कोरोना भाइरसको शुरुवात भएको चीनमा बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोना फेला परेको हो ।

चीनको वुहान हुँदै विश्वभर पुगेको कोरोनालाई नियन्त्रण गर्न नपाउँदै फेरि भाइरसको नयाँ प्रकार फेला परेको हो । चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अन्य देशहरुमा पनि फैलिरहेको छ । यसको संक्रमण गति तीब्र मानिन्छ ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत नै धेरै देशले बन्द गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment