गाँजासहित दुई जना पक्राउ

 


काठमाडौँ, १७ पुष । सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट करिब पाँच केजी अवैध लागुऔषध गाँजासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा वटेश्वर नगरपालिका-५ बस्ने २६ वर्षीय पवन महतो र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले ज ८ प २९५४ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको झोला र सिमेन्टको बोराभित्र लुकाएर ल्याएको गाँजा फेला पारी पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment