उदयपुरको कटारीमा मृत नवजात शिशु फेला

 उदयपुर, १७ पुष । उदयपुरको कटारी नगरपालिका–४ स्थित बसपार्क नजिकैको नालीमा मृत नवजात शिशु फेला परेको छ ।

नालीको फोहोरको बीचमा मृत नवजात शिशु फेला परेको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

घटनास्थल मुचुल्का हेर्दा शिशुको शव एक दिन अगाडि जन्मेर फ्याँकेको हुनसक्ने डीएसपी भण्डारीले जानकारी दिए । डीएसपी भण्डारीले भने, ‘शव पोष्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको छ ।’

उक्त नवजात शिशु, किन ? कसरी ? कसले ? फालेको हो घटना बारे छानविन भइरहेको डीएसपी भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment