प्रदेश १ को प्रदेशसभा बैठक लगातार तेस्रो पटक अवरुद्ध

विराटनगर । लगातार दुई पटक अवरुद्ध भएको प्रदेश १ को प्रदेशसभाको सोमवारको बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध पारेका छन् ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्षको ०७७\७८ को बजेट र कार्यक्रमको कार्यान्वयनको सुनिश्चितता माग गर्दै विपक्षी दलका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।

सातौं तथा हिउँदे अधिवेशनको सोमवारको सातौं बैठकमा नेपाली कांँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले उभिएर अवरोध गरेपछि बैठक ०७८ साल बैशाख ५ गते आइतवार १ बजे सम्मका लागि स्थगित गरिएको छ ।

लगातार दुई पटक प्रदेशसभा बैठक अवरुद्ध भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री शेरधन राईसहितको सर्वदलीय बैठक बसेको थियो ।

सर्वदलीय बैठक पछि प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना महामारीका कारण बजेट विनियोजन प्रभावित भएकाले प्रदेश सरकार बजेटबारे छलफल गर्न तयार रहेको जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले भने प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुन नसक्नुको औचित्य पुष्टि गर्नुपर्ने आफुहरुको माग रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment