कोरोना संक्रमणबाट झापाका एक वृद्धको कोशी अस्पतालमा मृत्यु

झापा। झापाको दमक घर भएका एक ९२ वर्षीय वृद्धको विराटनगर स्थित कोसी अस्पताल (कोभिड १९ उपचार केन्द्र)मा मृत्यु भएको छ ।

विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा दमक- ९ निवासी ९२ वर्षीय खड्ग बहादुर सेढाईको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका निमित्त संयोजक एपोलो भगतले जानकारी दिनुभयो ।

सेढाईलाई नोबल अस्पतालमा उपचार हुँदा स्वास्थ्यमा समस्या आएपछि चैत्र २५ गते कोभिड उपचार केन्द्रमा रिफर गरिएको थियो । चैत्र १२ गते उनलाई काेराेना पोजेटिभ पुष्टि भएको थियो । सेढाइका परिवारका पाँचै जना संक्रमित भएका थिए । उनीहरु कसैलाई लक्षण नदेखिएकोले होम आइसोलेसनमा बस्न अनुरोध गरिएको भगतले जानकारी दिनुभयो ।

सुगरका समेत बिरामी रहेका वृद्धको उपचारका क्रममा गएराति १२ बजे मृत्यु भएको भएकाे हाे । वृद्धको शव राति नै आफन्तको जिम्मा लगाइएको छ । अन्तिम दाहसंस्कार परिवार तथा आफन्तले नै गर्नेछन् ।

दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश-१ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यस अघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment